newskoseli.Com

रमण श्रेष्ठले किन पाएनन् बारको टिकट ? वकिलको संस्थामा पनि साम्राज्यवादको दबदबा !

नेपाल बार एसोसियसनको आसन्न निर्वाचनमा वामपन्थी प्यानलबाट पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ अध्यक्षको उम्मेदवार बन्ने निश्चित रहेको बताइँदै आएको थियो । तर, अन्तिममा आएर उनी उम्मेदवार बन्न पाएनन् ।

यस पटक उनैलाई अध्यक्ष बनाइने पूर्वसहमति समेत भए पनि उनलाई रोकिएको समाचार स्रोतले बतायो । सत्यनिरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धमा रमण श्रेष्ठले लिएको स्पष्ट र दृढ अडानका कारण नै उनी कोपभाजनमा परेको स्रोतको दावी छ । एकदमै जघन्य खालका अपराध र प्रतिशोधपूर्ण कार्यबाहेक अरू सबै द्वन्द्वकालीन मुद्धालाई मेलमिलापबाट टुंग्याउनुपर्ने अडान उनले राखेका थिए ।

रमणकुमार श्रेष्ठ, मुक्तिनारायण प्रधान, खिमलाल देवकोटासहित न्याय क्षेत्रमा काम गर्ने वामपन्थी पक्षधरहरुको अगुवाइमा टीआरसीसम्बन्धी प्रस्ताव तयार हुँदै गर्दा ९ वटा पश्चिमा देशका राजदूतहरुले संयुक्त वक्तव्य जारी गरेका थिए । यो हर्कत सार्वभौम नेपालमाथि साम्राज्यवादको नांगो हस्तक्षेप थियो ।

‘नेपाल बार एसोसियसनमा रमण श्रेष्ठजस्ता स्पष्ट अडान र दृढता भएका न्याय क्षेत्रका अगुवाले नेतृत्व गरेमा समस्या हुन्छ भनेर नै योजनाबद्ध रुपमा साम्राज्यवादी तत्त्वहरुको दबाव र प्रभावमा परेर रोकिएको हो’– स्रोतले न्युजकोसेलीलाई भन्यो ।

थप यो पनि पढ्नुहोस्–
वकिलहरूको चुनावी भीडन्त : अध्यक्षमा ९ सहित २५ पदमा ६४ को उम्मेदवारी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर