newskoseli.Com

एकैसाथ ४ ठाउँबाट क्रान्तिकारी माओवादीको मेची–महाकाली अभियान सुरु, चैत २४ मा देजमोको सम्मेलन उदघाटन

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) ले मंगलबार एकैसाथ ४ स्थानबाट मेची–महाकाली अभियान सुरु गरेको छ ।

संघीय जनगणतन्त्रका लागि संघर्षको आधार तयार पार्न अभियान चालउन लागिएको जानकारी क्रान्तिकारी माओवादीका वरिष्ठ नेता एवं देजमोका अध्यक्ष तथा सीपी गजुरेलले दिएका छन् । अभियान काठमाडौं, कञ्चनपुर, झापा र कास्कीबाट सुरु गरिएको छ ।

राजधानीको शान्ति वाटिकामा क्रान्तिकारी माओवादीका ३ नम्बर प्रदेश इन्चार्ज दिनेश शर्माले अभियानको उदघाटन गरे । राजधानीबाट उदघाटन महासचिव मोहन वैद्य ‘किरण’ले गर्ने बताइए तापनि उनको स्वास्थ्य अवस्थाका कारण उनी कार्यक्रममा उपस्थित भएनन् ।

झापाबाट अभियानको सुरुवात देजमोका अध्यक्ष गजुरेलले गरे भने कञ्चनपुरबाट स्थायी कमिटीका सदस्य परी थापाले अनि पोखराबाट स्थायी समितिका सदस्य रामसिंह श्रीसले उदघाटन गरे । अभियान फागुन २१ मा चितवनमा पुगेर समापन हुने बताइएको छ । चारैतिरबाट आएका अभियानटोली त्यसबीच पर्ने मुख्य सहरहरुमा सभा गर्दै चितवन पुग्ने जानकारी अध्यक्ष गजुरेलले दिए ।

देजमोले फागुन २५ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको ९४ बुँदे माग सम्बोधन नभएको र महँगी, भ्रष्टाचारलगायतका विकृति नियन्त्रण बाहिर गएको भन्दै आन्दोलनका कार्यक्रम तय गरेको हो । ‘सरकार बनेलगत्तै हामीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायौं, त्यतिबेला प्रधानमन्त्रीले सबै माग जायज भएको बताउँदै फेरि यिनै माग लिएर आउनु नपर्ने बताएका थिए,’ गजुरेलले भने– ‘तर सरकार झन् हाम्रा मागविपरीत अगाडि बढिरहेको छ, मत्ता हात्तीजस्तो भएर, देशको स्थिति अझ विकराल बन्दै गएको छ ।’

मेची–महाकाली अभियानको समापनसँगै जनआन्दोलन दिवसको सन्दर्भसहित चैत २४ मा काठमाडौंमा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) को राष्ट्रिय सम्मेलन उदघाटन गर्ने कार्यक्रम छ ।

थप यो पनि पढ्नुहोस्–
‘अर्को माओवादी जन्मन्छ’ भनेर प्रचण्डले एमालेहरुलाई तर्साउन खोजे : सीपी गजुरेल

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर