newskoseli.Com

कोइराला परिवारमाथि किन खनिए देउवा ? यस्तो छ शेखरको प्रतिक्रिया…

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगञ्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै ‘इगो’ का रूपमा लिइएको छ ।

‘कांग्रेस कोइराला परिवारको बपौती होइन’ भन्ने अभिव्यक्ति देउवाले दिएका थिए । कोइराला परिवारमाथि खनिए पनि देउवाको अभिव्यक्ति शेखरप्रति लक्षित थियो । शेखरको नामै लिएर उनले विरोध गरेका थिए ।

कोइरालाले भने पार्टी सभापतिको अभिव्यक्ति उनको राजनीतिक संस्कार अनुरूपकै भएको प्रतिक्रिया दिएका छन् । ‘मेरो राजनीतिक संस्कारभित्र त्यसरी बोल्न मिल्दैन र बोल्न पनि सक्दिनँ,’ उनले भने– ‘उहाँ पार्टी सभापति हो, मेरो सम्मान छ । उहाँले कस्तो राजनीतिक संस्कार सिक्नुभएको हो, त्यो उहाँले नै जान्ने कुरा हो ।ु

पार्टी सञ्चालनका विषयमा शेखर सुरुबाटै देउवाप्रति असन्तुष्टमध्येका नेता हुन् । सरकारको नेतृत्व गर्दा र पार्टी सञ्चालनका क्रममा समेत कोइरालाले देउवाको एकल र गलत कार्यशैलीको सार्वजनिक रूपमा आलोचना गर्दै आएका थिए । स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीको हारपछि उनीसहितका नेता देउवाप्रति आक्रोशित थिए । चुनावमा कांग्रेसको पराजयपछि शेखरले अग्रिम महाधिवेशनको माग समेत गरेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर