newskoseli.Com

नेकपाको एकीकरण कार्यदल भंग : बाँकी एकता पनि सचिवालयले नै टुंग्याउने

शुक्रबार बिहान बसेको सत्ताधारी नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सांगठनिक एकताको प्रस्ताव तयार पार्न यसअघि गठित नौ सदस्यीय कार्यदल भंग गरिदिएको छ ।

कार्यदलको ‘असफलता’ सँगै अब केन्द्रीय सचिवालयले नै सांगठनिक एकताका बाँकी काम टुंग्याउने गरी प्रस्ताव तयार पारेर स्थायी समितिको बैठकमा पेस गर्नेछ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदलको म्याद नथप्ने निर्णय गरेपछि कार्यदल विघटित भएको हो ।

बिहीबार बसेको सचिवालयसहित कार्यदलका सबै सदस्यहरु सम्मिलित संयुक्त बैठकमा संयोजक रामबहादुर थापा ‘बादल’ ले कार्यदलको म्याद एक साता थप्न प्रस्ताव गरेको थिए । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री ईश्वर पोखरेल बाहेक सबै नेता म्याद थप्न सकारात्मक नै देखिएका थिए ।

यद्यपि शुक्रबारको सचिवालय बैठकले ओलीकै प्रस्ताव अनुसार निर्णय गरेर कार्यदल भंग गरिदिएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुसँग भने– ‘सचिवालयको बैठकले अहिलेसम्म गरेको कामका लागि कार्यदललाई धन्यवाद दिने निर्णय गर्‍यो । अब संगठनात्मक एकता र कार्यविभाजनको प्रस्ताव सचिवालयले तयार पारी स्थायी समितिमा पेस गर्ने निर्णय भएको छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर