newskoseli.Com

वरिष्ठ वामनेता कृष्णदास श्रेष्ठको निधन

नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा एवं अघिल्लो पुस्ताका वरिष्ठ नेता कृष्णदास श्रेष्ठको निधन भएको छ ।

नेता श्रेष्ठको राजधानीको शंखमूलस्थित आफ्नै निवासमा ८७ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको श्रेष्ठका हितैषी एवं वाम आन्दोलनका अगुवा स्वनाम साथीले जानकारी दिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई माघ १८ मा नर्भिक अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सामान्य सुधार आएको भन्दै श्रेष्ठलाई केही दिन पहिले निवासमा फिर्ता ल्याइएको थियो । श्रेष्ठका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

वरिष्ठ नेता श्रेष्ठले ‘कम्युनिस्ट घोषणापत्र’, ‘सोभियत सङ्घको कम्युनिस्ट पार्टीको इतिहास’, ‘सम्पत्तिको विकास’, ‘माओ त्से तुङका चुनिएका रचना (भाग–१)’, ‘लेनिनवादका आधार’, ‘मार्क्सवाद र जातीय सवाल’ लगायतका दर्जनौं मार्क्सवादी पुस्तकको अनुवाद, लेखन र सम्पादन गरेका छन् ।

दर्जनौं मौलिक मार्क्सवादी कृति र दर्जनौं अनुदित मार्क्सवादी दर्शन–साहित्यका स्रष्टा श्रेष्ठको ‘कार्ल मार्क्स : व्यक्तित्व र कृतित्व’, ‘ऐतिहासिक भौतिकवाद’ ,‘अतिरिक्त मूल्यको सिद्धान्त’, ‘मार्क्सवाद चिनारी पुस्तकमाला’ जस्ता दर्जनौं कृति चर्चित छन् । नेपालका कम्युनिस्ट घटकहरुबीच सिद्धान्तनिष्ठ एकताको पक्षमा उनले लामो समयदेखि प्रयास गर्दै आएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर