newskoseli.Com

नेपाली कांग्रेसको नयाँ विधान बहुमतबाट पारित

नेपाली कांग्रेसको महासमिति बैठकले केन्द्रीय समितिमा पठाएको पार्टीको नयाँ विधान बहुमतबाट पारित भएको छ । आइतबार बसेको बैठकले नयाँ विधानलाई बहुमतबाट पारित गरेको हो ।

आइतबार बिहानै ११ बजे बोलाइएको केन्द्रीय समितिको बैठक दिउसो ५ बजेपछि मात्रै सुरु भएको थियो । विधानलाई वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला लगायतको पक्षले विरोध गरेको छ । केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने कि नपाउने भन्नेमा कांग्रेसको केन्द्रीय समितिमा मुख्य विवाद रहँदै आएको छ ।

महामितिबाट केन्द्रीय समितिमा आएको पार्टीको विधान पार्टी बैठकले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार पारित गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर