newskoseli.Com

राष्ट्रिय झन्डा ओढाएर प्रधानमन्त्रीले गरे मन्त्री अधिकारीको बिदाई !

बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम बिदाई गरेका छन् ।

पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउने क्रममा प्रधानमन्त्री ओली निकै भावुक देखिए । नेकपाका केन्द्रीय सदस्य समेत रहेका अधिकारीको पार्थिव शरीरमा कम्युनिस्ट पार्टीको झन्डा पनि ओढाइयो । पार्थिव शरीरमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको झन्डा ओढाए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि टुँडिखेल पुगेर मन्त्री अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि अर्पण गरिन् । उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री, मन्त्रीलगायतले पनि मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

टुँडिखेलमा विभिन्न दलका नेता–कार्यकर्ता र शुभेच्छुकहरुको ठूलो भीड लागेको छ । श्रद्धाञ्जलि कार्यक्रममा अधिकारीकी पत्नी विद्या भट्टरार्इ पनि निकै भावविह्वल भएर टुँडिखेल आइपुगेकी छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर