newskoseli.Com

पूर्वउपप्रधानमन्त्री अधिकारीको राजकीय सम्मानसाथ अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ती

नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका एक वरिष्ठ नेता, सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आइतबार अपराह्न राजकीय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

दिवंगत नेता अधिकारीको पार्थीव शरीरमा उनका तीन छोरीहरु– लुना, लिमा र लिजाले दागबत्ती दिए । आर्यघाट पुगेर उपप्रधान तथा रक्षामन्त्री एवं नेकपाका नेता ईश्वर पोख्रेलले अन्त्येष्टिअघि राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रकट गरे ।

अन्त्येष्टिअघि अधिकारीको पार्थिव शरीरलाई धुम्बाराहीस्थित नेकपाको केन्द्रीय कार्यालयमा राखेर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको झन्डा ओढाएर अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

राजधानीस्थित ह्याम्स हस्पिटलमा उपचारकै क्रममा शनिबार राति ८२ वर्षीय अधिकारीको निधन भएको हो । ‘कम्युनिस्ट’ नामबाट नेपालमा पहिलो पटक प्रधानमन्त्री बनेका मनमोहन अधिकारी नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका भरतमोहनले वृद्धभत्ता तथा आफ्नो गाउँ आफैं बनाऔंजस्ता कार्यक्रम अघि सारेर लोकप्रियता हासिल गरेका थिए । उनका श्रीमती र तीन छोरी छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर