newskoseli.Com

‘पढाउने जिम्मेवारी बहन गर्न’ शिक्षकलाई मन्त्रालयको आग्रह

राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुर्‍याउनु नहुने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ ।

वार्षिक परीक्षा र एसर्इर्इ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा पढ्न पाउने बालबालिकाको अधिकार कुण्ठित हुने गरी आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्दै मन्त्रालयले निर्वाध पठनपाठन र सञ्चालनको वातावरणका लागि पहलकदमी लिन स्थानीय तहलाई स्मरण गराएको छ ।

संविधानतः मावि शिक्षासम्मको अधिकार विद्यालयको हो । विभिन्न सेवा–सुविधा र स्थायीको माग राखी शिक्षकहरुले सडक र विद्यालयकेन्द्रित आन्दोलन गर्दै आएका छन् ।

सबै पक्षको सहभागितामा सरकारले शिक्षाको नयाँ विधेयक तर्जुमा गरिरहेको र विधेयक बन्ने प्रक्रिया लामो हुने भएकाले प्रारम्भिक चरणमा तरङ्गित नहुन मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले सोमबार जारी गरेको विज्ञप्तिमा सम्बन्धित पक्षलार्इ आह्वान गरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर