newskoseli.Com

सांसद रेशम चौधरीसहित टीकापुर घटनाका ११ आरोपीलाई जन्मकैद

सांसद रेशम चौधरीसहित चर्चित टीकापुर घटनाका आरोपी ११ जनालाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला गरेको छ ।

सरकारका उच्च सुरक्षा अधिकारीसहित ९ जनाको हत्या भएको टीकापुर घटनामा दोषी ठहरिएका ११ जनालाई जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले जन्मकैदको फैसला सुनाएको हो । टीकापुर घटनाका आरोपित ३ जनाले भने सफाइ पाएका छन् भने अरु १२ जनालाई ३ वर्ष कैद सजाय तोकिएको छ ।

कैलाली– १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका रेशमलाल चौधरी सहित ५८ जनाविरुद्ध कैलाली प्रहरीले कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरेको थियो । घटनामा संलग्न धेरैजसो अझै फरार छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर