newskoseli.Com

विप्लवका कार्यकर्तामाथि प्रहरीद्वारा गोली प्रहार : थुप्रै हातहतियार बरामद भएको दावी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरी घाइते बनाइदिएको छ ।

प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका– ९, तुरुन्तपुरमा नेकपा (विप्लव) का कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । बिहीबार बिहान रोकाको घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोकामाथि प्रहरीले गोली प्रहार गरेको थियो ।

खुट्टामा गोली लागी घाइते भएका रोकाको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताएका छन् । रोकाको घरबाट प्रहरीले दुई थान एसएमजी, त्यसको तीन थान म्यागजिन, एसएमजीका ६८ राउन्ड गोली, एक थान चाइनिज पेस्तोल र त्यसको दुई थान म्यागजिन र तीन राउन्ड गोली बरामद भएको दावी प्रहरीले गरेको छ ।

रोकाको घरबाट दुई थान रिमोट कन्ट्रोल, तार र बम बनाउने सामग्री पनि बरामद भएको दावी प्रहरीले गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर