newskoseli.Com

प्रधानमन्त्री ओली चढेको जहाज आकाशमै ‘होल्ड’ : मन्त्रालयले बनायो छानविन समिति

प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान मंगलबार केहीबेर आकाशमै ‘होल्ड’ गरिएको थियो । त्यसबारे छानविन हुने भएको छ ।

फागुन २१ मा झापाको चन्द्रगढीबाट काठमाडौं अवतरण गर्ने क्रममा यती एयरलाइन्सको विमान ‘होल्ड’ गरिएको बारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको छ । समितिमा पर्यटन मन्त्रालयका सहप्रवक्ता प्रकाशचन्द्र ढकाल, कानुन मन्त्रालयका उपसचिव सूर्यवंश शर्मा कँडेल, नेपाली सेनाका क्याप्टेन सुवास थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका नवीना कर्माचार्य सम्मिलित छन् ।

विशिष्ट व्यक्तिको उडान ‘होल्ड’ भएको सम्बन्धमा छानविन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी जिम्मेवारी दिइएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए । झापाबाट फर्कने क्रममा प्रधानमन्त्री ओली चढेको विमान अवतरणअघि आकाशमा तीन फन्का लगाएको बताइएको छ । विमान होल्ड गरेर लापरबाही र बेवास्ता गरिएको पाइए एयर ट्राफिक कन्ट्रोलरलाई कारबाही गर्न समितिले सिफारिस गर्नेछ ।

अति विशिष्ट व्यक्ति (भभिआिर्इपी) को उडानबारे सम्बन्धित एयरलाइन्सले विमानस्थललाई जानकारी नगराएका कारण प्रधानमन्त्री चढेको जहाज होल्डमा परेको प्रतिक्रिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर