newskoseli.Com

सभापति देउवाको प्रष्टीकरण : ‘म आफ्नो कार्यकाल लम्ब्याउने पक्षमा छैन’

नेपाली काङ्ग्रेसभित्र आन्तरिक द्वन्द्व चर्कंदै गैरहेका बेला रामचन्द्र पौडेलल पक्षधरलगायत संस्थापनप्रति असन्तुष्टहरुले सभापति शेरबहादुर देउवा महाधिवेशन धकेल्दै आफ्नो कार्यकाल लम्ब्याउने खेलमा लागिरहेको आरोप लगाइरहँदा सभापति देउवाले भने आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको प्रष्टीकरण दिएका छन् ।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएको समयमै हुने जानकारी दिए । हालै भएको चाक्सीबारी बैठक सामान्य कुरा भएको र साथीहरुबीच छलफल हुनु कुनै अनौठो नभएको समेत सभापति देउवाले प्रस्ट पारे ।

पार्टीका नेता डा. शेखर कोइरालालाई पार्टी नेतृत्वका सम्बन्धमा जथाभावी नबोल्न आग्रह गरिएको र उनका सम्बन्धमा आफूले वीरगञ्जमा जवाफ दिएको पूर्वप्रधानमन्त्री देउवाले बताए । ‘पार्टीको नेतृत्वमा कोइराला आउन नपाउने वा चुनावमा उठ्नै नपाउने कुरा मैले कहीं–कतै गरेको छैन’– उनले भने ।

बोलेकै आधारमा कोइरालामाथि अनुशासनको कारबाही नहुने समेत सभापति देउवाले बताए । विशेष महाधिवेशन गर्नुपर्ने जिल्ला सभापतिहरुको मागसम्बन्धी लिखित जानकारी अझैसम्म नआएको उनले बताए ।

‘वाइड बडी’ विमान खरिदबारे प्रधानमन्त्री केपी शर्मा ओली स्वस्थ भएपछि छफलफल गर्ने सभापति देउवाले बताए । नेविसङ्घको तदर्थ समिति चाँडै गठन गरिने पनि उनले बताए । एक दैनिक पत्रिकाको वार्षिकोत्सवमा सहभागी हुन देउवा बिहीबार विराटनगर पुगेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर