newskoseli.Com

बाबुरामको सुझाव : ‘विप्लवसँग जोरी नखोज, वार्ताबाटै समाधान खोज’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले जोरी खोज्ने काम नगरी वार्ता गरेर समाधान खोज्न नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले सरकारलाई सुझाव दिएका छन् ।

गोरखा सदरमुकाममा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले विप्लव नेतृत्वको राजनीतिक पार्टीले पछिल्लो समय विद्रोहको नेतृत्व गरेको भन्दै सो पार्टीलाई वार्ताबाटै राजनीतिक मूलधारमा ल्याउनुपर्नेमा जोड दिए । तराई विखण्डनको आन्दोलनमा लागेका सीके राउतसँग सरकारले सम्झौता गरी राजनीतिक मूलधारमा ल्याएकै हो भने विप्लव नेतृत्वको पार्टीसँग पनि छलफल र सहमतिबाटै समाधान खोज्नुपर्ने उनले बताए ।

‘सरकारले विप्लव नेतृत्वको पार्टीका माग राजनीतिक हिसाबले सम्बोधन गर्नुपर्छ,’ उनले भने– ‘देशलाई विखण्डन गर्छु भन्ने पक्षसँग त उदार भएर प्रधानमन्त्रीले सहमति गर्नुभयो भने विप्लवहरुलाई पनि त्यही ढङ्गले सम्बोधन गरी समाधान खोज्नुपर्छ ।’ यद्यपि विप्लव नेतृत्वको पार्टीले अघि बढाएका राजनीतिक एजेन्डासँग आफ्नो सहमति हुन नसक्ने र विप्लवले लिएको बाटो गलत भएको डा. भट्टराईले बताए ।

‘सरकार सीके राउतप्रति नरम भएर प्रस्तुत हुँदा विप्लवप्रति कठोर व्यवहार गरिनु शोभनीय हुँदैन’– डा. भट्टराईले भने । सरकारले सीके राउतसँग गरिएका सम्झौतामा दोहोरो अर्थ लागेकाले त्यसलाई स्पस्ट पार्नुपर्ने उनको भनाइ छ । ‘राजनीतिक असन्तुष्टि राख्नेलाई बोलाएर सरकारले छलफल गर्नुपर्छ, वार्ता गर्नुपर्छ र समस्याको समाधान खोज्नुपर्छ भन्ने पक्षमा हामी छौं,’ डा. भट्टराईले भने– ‘देशलाई विखण्डन गर्न खोज्नेसँग भने सरकार सचेत हुनुपर्छ ।’ रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर