newskoseli.Com

सरकारद्वारा नेकपा (विप्लव) माथि प्रतिबन्ध ! मन्त्रिपरिषदबाटै ‘आपराधिक समूह’ घोषणा

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ‘आपराधिक समूह’ घोषणा गर्दै ‘प्रतिबन्ध लगाइएको’ घोषणा गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गरेको प्रस्तााव अनुसार सरकारले नेपाल कम्युनिस्ट पार्टीलाई ‘आपराधिक समूह’ ठहर गर्दै ‘प्रतिबन्ध लगाउने’ निर्णय गरेको हो ।

मन्त्रिपरिषद स्रोतले दिएको जानकारी अनुसार ‘विप्लव समूह’ ले विकासका पूर्वाधारमाथि बम बिस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि आक्रमण गर्ने कार्य गरेको ठहर गर्दै सरकारले यस्तो निर्णय गरेको हो । राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाइएको दावी स्रोतले गरेको छ ।

सरकारको यस्तो निर्णयसँगै नेपालका राजनीतिक रंगमञ्मा नयाँ तरङ्ग पैदा भैसकेको छ । सरकारले यस निर्णयले मुलुक विधिवत रुपमै अर्को द्वन्द्वमा प्रवेश गरेको आशयका साथ सामाजिक सञ्जालहरुमा गम्भीर चासो र चिन्तासहितका टीकाटिप्पणी हुन थालेका छन् । सरकारले यस्तो कदमपछि अब नेकपा (विप्लव) को कस्तो प्रतिक्रिया हुन्छ र त्यसले के गर्छ भन्नेबारे सर्वत्र चासो र चर्चा हुन थालेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं सो पार्टीका केन्द्रीय कार्यालय सचिव भेषराज भुसालले सरकारी कदमको प्रतिवाद गर्ने बताएका छन् । ‘सरकारको यस्तो निर्णयले जनताका सीमित अधिकारहरुमाथि नांंगो हस्तक्षेप र षड्यन्त्रको पुष्टि भएको छ, हाम्रो पार्टीले यसको प्रतिवाद गर्छ । सरकारको यस निर्णयले हामीलाई खासै असर गर्दैन, हामी जनताको पक्षमा लड्छौं’– उनले भनेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर