newskoseli.Com

सरकारी ‘प्रतिबन्ध’ बारे विप्लवको जवाफ : ‘केपी–बादल कम्पनीको कुकर्म’

नेपाल सरकारले मन्त्रिपरिषदबाट निर्णय नै गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र त्यस पार्टीका गतिविधिमाथि लगाएको ‘प्रतिबन्ध’ बारे सो पार्टीका महासचिव विप्लवले कडा जवाफ फर्काएका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आफ्नो पार्टीलाई राजनीतिक शक्ति नभई ‘अपराधी समूह’ मान्नेजस्तो ‘आपराधिक र हास्यास्पद निर्णय गरेको’ जवाफ फर्काउँदै सरकारी कदमको कडा शब्दमा निन्दा र तर्त्सना गरेका छन् । सरकारको यस निर्णयलाई विप्लवले ‘केपी–बादल कम्पनीको कुकर्म’ भनेका छन् ।

आफ्नो पार्टी राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनु नैसर्गिक अधिकार भएको दावी महासचिव विप्लवले गरेका छन् । ‘हामीमाथिको कारबाहीलाई प्रधानमन्त्री केपी ओलीले चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ तर उदाङ्गो खेल हो’, विप्लवले भनेका छन्– ‘हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौं, कसैको दलाली गरेर कमिसन खाएका छैनौं, हामी आफ्नै बलबुतामा क्रान्ति गर्दैछौं त्यसैले अरु कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौं भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो ।’

यस्तो छ महासचिव विप्लवले जारी गरेको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर