newskoseli.Com

‘प्रचण्ड र विप्लव दुवै गलत’ : बाबुराम भट्टराई (‘ट्विट’ सहित)

पूर्वमाओवादी नेता, पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले केपी ओली–प्रचण्ड नेतृत्वको सत्तारुढ नेकपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दुवै गलत भएको दावी गरेका छन् ।

सामाजिक सञ्जाल ट्‘विटर’ मार्फत ‘ट्विट’ गर्दै डा. भट्टराईले चर्चामा रहेका मुलुकका दुई राजनीति पार्टीबारे आफ्नो मूल्यांक सार्वजनिक गरेका हुन् । शुक्रबारको एक दैनिक पत्रिकामा प्रकाशित प्रचण्डको अभिव्यक्तिसम्बन्धी समाचारको तस्बिर ‘ट्विटर’ मा ‘शेयर’ गर्दै डा. भट्टराईले यस्तो धारणा व्यक्त गरेका हुन् ।

विप्लव नेतृत्वको पार्टीले आफूलाई मार्ने योजना बनाएर टोली नै खटाएको सूचना आफूहरुले पाएको भन्ने प्रचण्डको अभिव्यक्तिसम्बन्धी सामग्री ‘शेयर’ गर्दै बाबुरामले हालै सरकारका तर्फबाट विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णयको औचित्यबारे तीव्र मतमतान्तर, बहस–छलफल र टीकाटिप्पणी भैरहेका बेला बाबुरामले यस्तो अभिव्यक्ति दिएका हुन् ।

यसै माहोलबीच आफूलाई सही देखाउन प्रधानमन्त्री ओलीले ‘गुप्तचर संयन्त्रमार्फत प्राप्त गरेको’ भन्दै एक अविश्वसनीय, सन्देहास्पद र अस्पष्ट कागजात सार्वजनिक गरे । त्यसैमार्फत विप्लवको पार्टीले ओली र प्रचण्डलाई मार्ने योजना बनाएको कुरा छर्लंग भएको चर्चा चलाइयो । र, यसैलाई पुष्टि गर्नेगरी अध्यक्ष प्रचण्डले पनि बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सोही कुरा दोहोर्‍याए । यही सन्दर्भलाई लिएर डा. बाबुरामले विप्लव मात्र नभएर प्रचण्ड पनि गलत भएको ‘ट्विट’ गरेका हुन् ।

यस्तो छ डा. बाबुरामको ‘ट्विट’–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर