newskoseli.Com

विप्लव नेकपाका पोलिटब्युरो सदस्य जीवन्त पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ ललितपुरस्थित डेराबाटै नेता जीवन्तलार्इ पक्राउ गरेको जानकारी प्रहरी स्रोतले दिएको छ ।

उनी यसअघि पनि पक्राउ परेर महिनौंपछि सर्वाेच्चको आदेशबाट रिहा भएका थिए । गतसाता सरकारले नेकपामाथि ‘प्रतिबन्ध’ लगाएपछि उक्त पार्टीका नेता–कार्यकर्तालाई जहाँ देखे पनि पक्राउ गर्दै आएको सरकारले पक्राउ गरेका हालसम्मको उच्च नेता कार्की नै भएको दावी सुरक्षा स्रोतले गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर