newskoseli.Com

कुनै बन्द–हडतालले कहिल्यै नछुने यो एउटा विद्यालय…

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार नेपाल बन्द आह्वान गर्‍यो । यसको प्रभाव मुलुकभरका सबै विद्यालयमा पर्‍यो । तर, भद्रपुर नगरपालिका– ३, सानोगाउँ, झापास्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो ।

४ बजे छुट्टी भएपछि विद्यार्थी घर फर्किए । बन्दकर्ता हौं भन्दै विद्यालयमा कोही पुगेनन् । शिक्षक र विद्यार्थीले धम्कीपूर्ण व्यवहार पनि खेप्नु परेन । मेची नदीपारि भारतीय भूमिसँगै सीमाना जोडिएको गाउँमा रहेको यो विद्यालयमा भयरहित वातावरणमा पठनपाठन भयो । भोलिपल्ट पनि विद्यालयको पठनपाठनमा कुनै अवरोध भएन ।

यसअघि पटक–पटकका बन्द–हडतालमा पनि यस विद्यालयमा नियमित पठपाठन हुँदै आएको छ । सार्वजनिक बिदा बाहेक विद्यालय बन्द हुँदैन । यहाँका अभिभावक र शिक्षकले बन्द–हडतालबाट शैक्षिक क्षेत्र चौपट हुने राम्ररी बुझेका छन् । ‘विद्यालय बन्द गर्नुपर्छ’ भन्दै कुनै समूह आएमा अभिभावकहरु सामूहिक रुपमै प्रतिकारमा उत्रन्छन्, शिक्षक र विद्यार्थीले त्यसमा साथ दिन्छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर