newskoseli.Com

‘हिन्दू राज्य’ माग्दै आएका कांग्रेस महामन्त्रीले भने– ‘गणतन्त्र र सङ्घीयतामा जनमतसंग्रह हुनुपर्छ’

विगतदेखि नै संविधानपिरीत ‘हिन्दू राज्य’ को वकाल गर्दै आएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफ्नो पार्टी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताका विषयमा समेत जनमतसंग्रहमा जान तयार रहेको बताएका छन् ।

होली पर्वको अवसरमा बुधबार राजधानीको टोखास्थित निवासमा महामन्त्री कोइरालाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमतसंग्रहमा जानुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

संसदमा धेरैजसो हिन्दू धर्मावलम्बीहरु निर्वाचित भएकाले पनि उनीहरुको मागअनुसार आफूले ‘हिन्दू राज्य’ को पक्षमा अडान लिएको समेत उनले दोहार्‍याए । राज्य धर्मनिरपेक्ष र सापेक्ष दुवै हुन नसक्ने उल्लेख गर्दै धार्मिक स्वतन्त्रता सहितको ‘हिन्दू राष्ट्र’ स्थापनाका लागि जनमतसंग्रह गर्न सरकारलाई दबाब दिन समेत उनले सबैसँग आह्वान गरे ।

जनताले चाहेमा आफ्नो पार्टी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विषयमा जनमतसंग्रहमा जान तयार रहेको उनले प्रष्ट्याए । ‘धाार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्र स्थापनाका लागि जनमतसंग्रह गर्न सरकारलाई आवश्यक दबाब दिन म सबैलाई आह्वान गर्छु,’ महामन्त्री कोइरालाले भने– ‘जनताले चाहे भने गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विषयमा जनमतसंग्रहमा जान कांग्रेस तयार छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर