newskoseli.Com

अमेरिकाबाट फर्कंदै यसो भने प्रचण्डले (भिडियोसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार अपराह्न सपरिवार स्वदेश आइपुगेका छन् ।

स्वदेश आगमनका क्रममा अध्यक्ष प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पत्नी सीताको उपचार प्रक्रियाबारे संक्षिप्तमा चर्चा गरे । सीताको उपचार सन्तोषजनक हिसाबले सुधार भैरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले अमेरिकामा भएका राजनीतिक भेटघाटहरुबारे पनि ब्रिफिङ गरे ।

त्यस क्रममा अमेरिकामा रहेका एक कुख्यात नेपाली मूलका नागरिकले अध्यक्ष प्रचण्डविरुद्ध गरेको कथित उजुरी र त्यसको प्रतिक्रियाबारे समेत उनले सञ्चारकर्मीहरुलाई जानकारी गराए । ती कुख्यातको हर्कतले आफूलाई कुनै नकारात्मक असर गर्न नसकेको अध्यक्ष प्रचण्डले बताए । यस क्रममा नेपाल–अमेरिकाबीच द्विदेशीय सम्बन्धको विस्तार र त्यहाँ रहेका नेपालीहरुको हितका विषयमा पनि विभिन्न छलफल भएको उनले बताए । (भिडियो सौजन्यः विष्णु सापकोटा ‘जुगल’)

भिडियोमा हेर्नोस् स्वदेश फिर्तीका क्रममा विमानस्थलमा प्रचण्डको सम्बोधन

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर