newskoseli.Com

हावा–हुरीबाट २७ जनाको मृत्यु, ६ सयभन्दा बढी घाइते

आइतबार साँझ आएको हावा–हुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा १ जना गरी २७ जनाको मृत्यु भएको छ ।

हावा–हुरीकै कारण ६ सयभन्दा बढी नागरिकहरु घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावा–हुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।

तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा पनि मानवीय र धनजनको क्षति भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताएका छन् ।

सुरक्षा निकाय, जनप्रतिनिधिहरु र सामाजिक संघ–संस्थाको पहलमा सोमबार बिहानैदेखि उद्धारकार्य चलिरहेको छ । थप विवरण आउन बाँकी रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर