newskoseli.Com

हुरीबतास प्रभावित क्षेत्रमा प्रधानमन्त्री : राहत–उद्धारमा कुनै कसर नराख्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार हुरी–बतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा बारा पुगेका छन् । झापाको पूर्वनिर्धारित कार्यक्रम रद्द गरेर प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा गएका हुन् ।

निरीक्षणका क्रममा राहत र उद्धारमा कुनै समस्या हुन नदिन प्रधानमन्त्री ओलीले निर्देशन दिएको जानकारी प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएका छन् । प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे पनि जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाका बारेमा जानकारी दिए । आइतबार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्मको हावा–हुरीले २७ जनाको निधन भएको अहिलेसम्म जानकारी आएको जानकारी प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई दिए । हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

यसैबीच, सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीसम्बद्ध सांसदको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले पार्टीका नेता कार्यकर्तालाई समेत राहत र उद्धारमा खट्न निर्देशन दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर