newskoseli.Com

बारामा प्रचण्डको घोषणा : हुरीबतासपीडित प्रतिपरिवारलाई ५ लाख सहयोग

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार साँझ अकल्पनीय हुरीबतासबाट ज्यान गुमाउने बारा–पर्साका सम्पूर्ण पीडित परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेका छन् ।

आँधी प्रभावित परिवारलाई मंगलबार बाराको बेलहियामा भेटेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मृतकका प्रतिपरिवारलाई ५ लाख रूपैयाँका दरले राहत सहयोग गर्ने घोषणा गरेका हुन् । राजधानीबाट अध्यक्ष प्रचण्डसँगै त्यहाँ पुगेका उद्योगमन्त्री मात्रिका यादव र खानेपानी मन्त्री विना मगर तथा नेकपाको प्रदश– २ अध्यक्ष प्रभु साहसहित सम्मिलित कार्यक्रमलाई अध्यक्ष प्रचण्डले सम्बोधन गरेका हुन् ।

अध्यक्ष प्रचण्डसहितका नेताहरु वीरगञ्जस्थित नारायणी अस्पताल, नेसनल मेडिकल कलेज लगायतका अस्पतालमा पुगेर घाइतेहरुको स्वास्थ्यस्थिति बुझ्नुका साथै उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गरे ।

आँधीको चपेटामा परी बारा–पर्साका २८ जनाको मृत्यु भैसकेको सरकारले पुष्टि गरेको छ भने झन्डै हजारजति घाइते भएका छन् । प्रचण्डले घोषणा गरेको यो आर्थिक सहयोग पार्टीका तर्फबाट उपलब्ध गराइने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर