newskoseli.Com

निजी विद्यालयहरूको संगठन ‘प्याब्सन’ अवैधानिक !

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को हालै सम्पन्न १४औं महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयमा उजुरी परेको छ ।

महाधिवेशनका केही असन्तुष्ट उम्मेदवारले तत्कालीन अध्यक्ष विजय सम्बाहाम्फेविरुद्ध उजुरी दिएका हुन् । नेतृत्व तहले गरेका अवैध गतिविधि सार्वजनिक गर्दा आफूहरुमाथि ‘कारबाही’ हुन सक्ने भएकाले उजुरीकर्ताले नाम लुकाएका छन् । तर, प्याब्सनको चौधौं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिएका रत्न महर्जन र उपाध्यक्षकी उम्मेदवार चित्रा सुवेदीलगायत आधा दर्जनले उजुरी दिएको स्रोतको दावी छ ।

वैधानिक उम्मेदवारहरुको सहमतिबेगर अन्तिम घडीमा संगठनको विधानमा समेत व्यवस्था नभएको सहअध्यक्षलगायतका अन्य पद थपी मनोनयननै दाखिला नगरेका व्यक्तिहरुसहितलाई नयाँ कार्यसमितिमा निर्वाचित भएको घोषणा गरिएको आरोप उजुरीमा लगाइएको खबर ईश्वरराज ढकालको बाइलाइनमा बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर