newskoseli.Com

पूर्वराष्ट्रपति यादवको सुझाव : ‘प्रेसलाई सङ्कुचित नगराऔं, डोजर आतङ्क रोकौं’

प्रेसलाई सङ्कुचन नगर्न पूर्वराष्ट्रपति डा. रामवरण यादवले सरकारलाई सुझाव दिएका छन् ।

‘वामपन्थी’ भनिएको वर्तमान सरकारले अनेकौं निहुँ, बहाना र तौरतरिकाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हरण गर्दै गएको आरोप लागिरहेका बेला पूर्वराष्ट्रपति यादवले कोही–कसैको नाम नलिईकन र कसैलाई लाञ्छित समेत नगरीकनै त्यतैतर्फ संकेत गरेका हुन् ।

लोकतन्त्रको रक्षाका लागि सरकार तथा प्रतिपक्ष दुवैको उत्तिकै महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै पहाड र मधेशलाई एकाकार बनाएर लैजान पूर्वराष्ट्रपति यादवले सुझाव दिएका छन् । नेपालको लोकतान्त्रिक गणतन्त्र संसारकै नमूना राजनीतिक पद्धति भएको बताउँदै संविधान कार्यान्वयन गर्दै लोकतन्त्रको विधिअनुसार अघि बढ्नुपर्ने सुझाव समेत उनले दिए ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित तथा ‘सूर्य–प्रेम बहुउद्देश्यीय समाज सेवा ट्रस्ट’ द्वारा स्थापित ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान, २०७५’ अर्पण समारोहमा बोल्दै पूर्वराष्ट्रपति यादवले ‘प्रेसको सङ्कुचनले लोकतन्त्रलाई रक्षा नगर्ने’ चेतावनी दिए । कार्यक्रममा पूर्वराष्ट्रपति यादवले वरिष्ठ पत्रकार किशोर नेपाललाई १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद एवं सम्मानपत्र र दोसल्लासहितको ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ बाट सम्मानित र पुरस्कृत गरे ।

‘विधिअनुसार चले देश अघि बढ्छ, देशको भविष्य सुन्दर छ,’ पूर्वराष्ट्रपति यादवले भने– ‘लोकतन्त्रको संस्थागत विकासमा राजनीतिक दल, सञ्चारजगत्, नागरिक समाज सबैको महत्त्वपूर्ण भूमिका हुन्छ ।’

जलवायु परिवर्तनको असरसँगै वर्षेनि तापक्रम बढ्दै गइरहेको वर्तमान अवस्थामा पानीका मुहान सुक्ने क्रम बढिरहेकोमा दुःखेसो पोख्दै चुरे क्षेत्रमा भइरहेको दोहन र बाटो खन्ने नाममा बढ्दो डोजर तथा स्काभेटर आतङ्क चुनौतीका रुपमा देखिएको समेत पूर्वराष्ट्रपति यादवले उल्लेख गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर