newskoseli.Com

बारको चुनावी परिणामः अध्यक्षमा प्रगतिशील समूहका श्रेष्ठ र महासचिवमा लोकतान्त्रिकका पौडेल विजयी

हालै सम्पन्न नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना अन्तिममा पुग्दा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ अध्यक्ष पदमा विजयी भएका छन् ।

४ हजार २२ मत प्राप्त गरी श्रेष्ठ विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेलले ३ हजार ८ सय ७३ मत प्राप्त गरे ।

बारको महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गर्दै पौडेल विजयी भएका हुन् । पौडेलले ४ हजार १ सय ७८ मत ल्याए भने थापाले ३ हजार ७ सय ०१ मत प्राप्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर