newskoseli.Com

‘अत्यावश्यक सेवा’ मा बन्द–हडताल निषेध : यस्ता छन् मन्त्रिपरिषदका निर्णय (विज्ञप्तिसहित)

‘अत्यावश्यक सेवा’ का क्षेत्रमा अबदेखि बन्द–हडताल गर्न नपाइने भएको छ । मन्त्रिपरिषद्को चैत १४ को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दिएका हुन् ।

मन्त्रीपरिषदका निर्णय बिहीबार सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग, सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, एलपी ग्यास, अस्पताल, एम्बुलेन्स, औषधि उत्पादन, फोहोर–मैला व्यवस्थापन, विद्युत्, दैनिक खाद्यवस्तुलगायतका क्षेत्रमा अबदेखि बन्द–हडताल गर्न नपाइने निर्णय गरेको जानकारी दिएका छन् । यसबारै छिट्टै राजपत्रमा सूचना प्रकाशित गरिने उनले बताए ।

मन्त्रिपरिषदले सवारी साधनको सडक उपभोग दस्तुरमा वृद्धि गरी उपयुक्त बमोजिमको सडक उपभोग दस्तुरसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत गरेको छ । बैठकले युनाइटेड सिमेन्टको नौबिसेस्थित कारखानासम्म जाने–आउने बाटो बनाउन धादिङको धुनेबेसीमा ० दशमलब १७ हेक्टर बन फडानी गर्ने समेत निर्णय लिएको छ ।

यस्तो छ मन्त्री बाँस्कोटोको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर