newskoseli.Com

बाबुरामको प्रश्न : ‘प्रधानमन्त्री ओली नै संघीयताविरोधी, कसरी हुन्छ कार्यान्वयन ?’

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नै संघीयताविरोधी भएको आरोप लगाउँदै यो अवस्थामा संघीयताको वास्तविक कार्यान्वयन कसरी हुन्छ भनी प्रश्न गरेका छन् ।

शनिबार बुटवलमा मगर राष्ट्रिय परिषद संघीय भेलाको उदघाटनपछि सम्बोधन गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका केही नेताहरु समेतले आफूसँगका भेटघाट र छलफलमा संघीयता स्वीकार नगरेको खुलासा गरेका हुन् । ‘प्रधानमन्त्री ओली र कांग्रेसका केही नेताहरु हामीले त संघीयता मानेकै थिएनौं, तपाईंले के भिराइदिनु भयो भन्नुहुन्छ अनि कसरी उहाँहरुले यसको सफल कार्यान्वयनमा राम्ररी ध्यान दिनुहुन्छ ?’ डा. भट्टराईले प्रश्न गरे ।

पहिचानको आधारमा १० प्रदेश बनाउन पहिलो संविधानसभामा भैसकेको सहमतिबाट कांग्रेस र एमाले दोस्रो संविधानको कार्यकालमा पछाडि हटेको समेत डा. भट्टराईले दावी गरे । पहिचानका आधारमा प्रदेशको नामांकन र सीमांकनका लागि सशक्त आन्दोलन गर्नुपर्ने सुझाव उनले दिए । कांग्रेस र तत्कालीन एमालेको कुरा त बेग्लै भयो, त्यति बेलाको माओवादीले समेत मगर, थारु र गुरुङहरुको पहिचान मेटाउने गरी प्रदेशहरुको सीमांकनमा सहमति जनाएपछि आफूलाई माओवादीप्रति वितृष्णा जागेको दावी समेत उनले गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर