newskoseli.Com

कांग्रेसमा जुटेन सहमति, केन्द्रीय समितिको बैठक स्थगित

गत महाधिवेशन लगत्तै गठन गर्नुपर्ने तर अहिलेसम्म गठन हुन नसकेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अन्तिम समयमा आएर अनिश्चित कालसम्मका लागि स्थगित भएको छ ।

शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेर केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको जानकारी कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले दिएका छन् । केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार सहमति जुटेको बताइएको थियो । तर, उक्त सहमतिमा अर्का नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएकाले शनिबारको बैठक स्थगित हुन पुगेको बताइएको छ ।

कांग्रेसको नयाँ विधानमा गरिएको व्यवस्था अनुसारका २८ वटा विभागहरु सभापति देउवाले गठन गर्न नसकेको भन्दै वरिष्ठ नेता पौडेल र नेता सिटौलाले सभापति देउवा आलोचना गर्दै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले यसअघि नै अनुशासन समिति र निर्वाचन समिति भने गठन गरिसकेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर