newskoseli.Com

जुनसुकै भ्रमणमा पति नै ‘विज्ञ’ ! त्रिविको गुणस्तर सुधार्न आएको बजेटमाथि ब्रम्हलुट

त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधारका लागि युरोपियन युनियनको इरास्मस परियोजना (र्इक्यूएसए) बाट प्राप्त हुने रकममा ब्रम्हलुट हुने गरेको पाइएको छ ।

शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले पदको दुरुपयोग गर्दै उक्त रकम विदेश भ्रमणमा खर्चेको तथ्य भेटिएपछि यो रहस्य खुलेको हो । उनले आफ्ना श्रीमान् प्रा.डा. रमेशप्रसाद भट्टराईलाई ‘विज्ञ’ बनाएर परियोजनाका हरेक भ्रमणमा सँंगै लैजाने गरेपछि त्रिविभित्रै आक्रोश बढेको छ । परियोजनाकी प्रमुख रेक्टर त्रिपाठीले अहिलेसम्म परियोजनाले क–कसलाई विदेश पठाइएको छ भन्ने अधिकांश विषय गोप्य राख्ने गरेकी छन् ।

सो परियोजनाअन्तर्गत विदेश भ्रमण जाँदा त्रिविलाई आर्थिक भार नपर्ने उल्लेख गरी बिदा स्वीकृत भए तापनि उनले दोहोरो सुविधा लिने गरेको समाचार स्रोतको दाबी छ । उक्त स्रोतका अनुसार रेक्टर त्रिपाठीले पति भट्टराईलाई ग्रिस, चेन्नाई, इटाली, स्पेन, चीन, अमेरिकालगायत प्रायः देशको भ्रमणमा लैजाँदा परियोजनाको रकम खर्च गरेकी छन् । चेन्नाई, इटालीलगायतका मुलुकको भ्रमणमा रेक्टर त्रिपाठी पतिसँगै पुगेकी छन् । भट्टराईले विभिन्न मुलुक भ्रमण गर्दा १० लाख रुपैयाँभन्दा बढी एड्भान्स रकम लिएका छन् । अधिकांशले थोरैमा १ लाखदेखि २ लाख रुपियाँसम्म एड्भान्स लिएका छन् ।

परियोजनामा करिव ३२ हजार युरो अर्थात् करिव ३५ लाख रुपैयाँ रकम आएको थियो । सोमध्ये करिव २९ लाख रुपैयाँ भ्रमणमै सकिएको छ । विदेश गएपछि बिल पेस गरी रकम लिनुपर्ने प्रावधानलाई लत्याउँदै एड्भान्सका रुपमा रकम लिने गरिएको खबर ईश्वरराज ढकालको बाइलाइनमा आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर