newskoseli.Com

‘विप्लव पनि ढिलोचाँडो हाम्रै पार्टीमा आउँछन्’ : प्रचण्ड

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ ढिलोचाँडो आफ्नै पार्टीमा प्रवेश गर्ने दावी गरेका छन् ।

विप्लव नेतृत्वको पार्टी छाडे केही युवालाई मंगलबार सत्ताधारी नेकपामा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले त्यस्तो दावी गरेका हुन् । राजधानीमा आयोजित कार्यक्रममा बोल्दै युवाहरूले उपयुक्त निर्णय लिएको बताउँदै भने– ‘तपाईंहरूले ठीक समयमा ठीक निर्णय गर्नुभएको छ, तपाईंहरूको अनुभव, क्षमता र सक्रियताअनुसार जिम्मेवारी दिने कुरामा हामी कमी गर्ने छैनौं । ढुक्क भएर काम गर्नोस्, कुनै डर लिनुपर्ने अवस्था छैन, तपाईंहरूको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी मेरो हुन्छ ।’

यही सम्बोधनका क्रममा ढिलोचाँडो विप्लवले पनि यसैगरी आफ्नो पार्टीमा प्रवेश गर्नुको विकल्प नभएको दावी गर्दै प्रचण्डले भने– ‘केही समयपछि विप्लव पनि यसरी नै आउनुपर्छ, अरु कुनै विकल्प छैन ।’ आफूले लडेर ल्याएको परिवर्तनलाई रक्षा गर्न पनि सबै कम्युनिस्ट एक हुनुपर्ने बताउँदै प्रचण्डले भने– ‘नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्नुपर्छ, परिवर्तन रक्षा गर्दै समाजवादमा जाने कुरामा हामी स्पष्ट छौं, सबै कम्युनिस्टहरुका लागि यसको कुनै विकल्प छैन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर