newskoseli.Com

माओवादी नेता शाहीको निधन, बुधबार अन्त्यष्टि, ११ देखि २ बजेसम्म श्रद्धाञ्‍जलि

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य हर्कबहादुर शाहीको निधन भएको छ । मंगलबार दिउँसो २ः२८ मा ७३ वर्षीय नेता शाहीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

केही दिनदेखि मुटु र फोक्सोको समस्याबाट पीडित शाहीको निधनको खबरलगत्तै क्रान्तिकारी माओवादीका महासचिव किरणसहित पार्टीका नेता–कार्यकर्ता र शुभचिन्तकहरू धापासीस्थित उनको निवासमा पुगे । दैखेल घर भएका नेता शाही जिल्लामै कम्युनिस्ट विचार भित्र्याउने पहिलो नेता मानिन्छन् ।

नेपाली कम्युनिस्ट आन्दोलनमा देखा परेका अनेकखाले विकृति–विसंगतिविरुद्ध लड्दै आएका शाही त्यागी र इमानदार नेताका रुपमा परिचित थिए । उनको निधनले नेपाली कम्युनिस्ट आन्दोलनलाई क्षति पुगेको क्रान्तिकारी माओवादीका नेताहरुले बताएका छन् ।

नेता शाहीको बुधबार अन्त्यष्टि गरिने भएको छ । त्यसअघि श्रद्धाञ्‍जलिका लागि उनको पार्थिव शरीरलाई बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कुपण्डोलस्थित पार्टी कार्यालयमा राखिने क्रान्तिकारी माओवादीले जनाएको छ । शाहीका छोरा दिपक शाही पनि क्रान्तिकारी माओवादीका नेता हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर