newskoseli.Com

एसईईको परीक्षाफल ढिलो आउने !

फाइल तस्बिर

यस वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ । कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो ।

२६ जिल्लाका शिक्षा समन्वय समिति प्रमुखको संघ र प्रदेशमा समायोजन भएकाले ती जिल्लामा कसले उत्तरपुस्तिका बुझ्ने भन्ने विषय नै अझै टुङ्गो लागेको छैन । २६ जिल्लाका शिक्षा प्रमुख अभाव हुने भएपछि परीक्षाफल प्रकाशित गर्न समस्या हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कर्मचारी नभएकाले कतिपय जिल्लामा उत्तरपुस्तिका बुझ्नै समस्या भएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । उनले भने– ‘कर्मचारीको चरम अभाव देखिएको छ, कसरी समयमै परीक्षाफल प्रकाशित गर्ने ?’ एसईई को परीक्षाफल ढिलो हुनेसम्बन्धी यो खबर ईश्वरराज ढकालको बाइलाइनमा बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर