newskoseli.Com

सामुदायिक विद्यालय यस्ता पनि : भर्नाको दबाब थेग्न नसकेर ‘मोबाइल अफ’

नयाँ शैक्षिक शत्रको सुरुआतसँगै यतिखेर अधिकांस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् । तर, विराटनगरको एक सामुदायिक विद्यालयका शिक्षक भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द गरेर बसेका छन् ।

नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा विद्यालयको कोटाभन्दा पाँच गुणा बढीले आवेदन फारम भरेपछि प्रवेश परीक्षा अगावै विराटनगरको पोखरिया उच्च माविका सबै शिक्षक ‘मोबाइल अफ’ गरेर बसेका हुन् । विद्यार्थी भर्नाका लागि उच्च तहका कर्मचारी मात्र होइन, उपल्लो तहका राजनीतिक नेताको समेत दबाब आउन थालेपछि प्रवेश परीक्षाअघि सबै शिक्षक ‘मोबाइल अफ’ गरेर बस्नु परेको जानकारी विद्यालयका प्रधानाध्यापक खेम भट्टराईले दिए ।

‘प्रवेश परीक्षा सुरु भएदेखि त्यसको नतिजा नआउन्जेल हामी सबै शिक्षकको मोबाइल अफ हुन्छ’– प्रधानाध्यापक भट्टराईले भनेको खबर महेन्द्र विष्टको बाइलाइनमा शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर