newskoseli.Com

‘मधेशवादी’ दलहरु र सरकार दुवैप्रति सीके राउतको कटाक्ष

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसवादी दलहरुको ‘पसल बन्द हुन लागेकाले’ उनीहरु आत्तिएको बताएका छन् । आफूहरुले सरकारसँग नभई सरकारले चाहिँ आफूहरुसँग सम्भझौता गरेको दावी समेत उनले गरेका छन् ।

शनिबार सिरहाको मिर्चैयामा आयोजित ‘विजयसभा’ लाई सम्बोधन गर्दै मधेसवादी दलहरुप्रति लक्षित गर्दै ‘सधैं जनतालाई भ्रममा राख्न नसकिने’ उल्लेख गर्दै उनीहरुको ‘दुकान बन्द’ हुने उनले बताए । केही तत्त्वहरुले आफ्नो दुकान बन्द हुने डरले भ्रम फैलाउन थालेको आरोप उनले लगाए ।

राउतले भने– ‘जनतालाई भ्रममा राखेर सधैं मन्त्री बन्न पल्केकाहरु हाम्रो डरले भ्रम फैलाउने काममा लागेका छन्, हामी एक्कासि वार्तामा आएको होइन, १० महिनादेखिको गृहकार्यपछि हामी यहाँ आएका हौं, अब संविधानलाई टेकेरै हाम्रो उद्देश्य पूरा हुन्छ ।’

सरकारसँग भएको सम्झौताबारे प्रश्न गर्न ‘मधेसवादी’ दलका नेताको ‘औकात नभएको’ राउतले बताए । केपी ओलीसँग नभई नेपाल सरकारसँग सम्झौता गरेको भन्दै यसलाई ‘वार्ता’ भन्दा ‘विजय हासिल गरेको’ अर्थमा बुझ्नुपर्ने दावी उनले गरे । मधेसी जनताको अधिकारका लागि आफू ज्यान दिन तयार रहेको दावी उनले गरे ।

‘स्वराज फाँसीको फन्दा लगाएर हिँडेका छन्, टाउकोमा कफन लगाएर लडिरहेका छन्,’ उनले भने– ‘मधेसी दलहरु जनताको हत्या गराएर आफू सधैं सत्तामा रमाइरहेको कुरा कसैबाट लुकेको छैन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर