newskoseli.Com

लुक्लामा ठोक्किए जहाज र हेलिकप्टर : पाइलटसहित २ जनाको मृत्यु, ३ जना गम्भीर घाइते

लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा नयाँ वर्षको पहिलो दिन आइतबार बिहानै समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

जहाजमा पाइलट र को–पाइलट मात्र थिए । प्रहरीका अनुसार पाइलटको मृत्यु भएको छ, मृत्यु हुने पाइलटको पहिचान भइसकेको छैन । को–पाइलट भने च्यापिएको अवस्थामा भेटिएकाले उद्दार जारी रहेको बताएएको छ ।

मृत्यु हुने अर्का भने पर्यटक प्रहरी असई रामबहादुर खड्का रहेका छन् र विमानस्थल सुरक्षामा रहेका अर्का असई रुद्रबहादुर श्रेष्ठ घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

काठमाडौंका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर पार्किङ गरी राखिएको हेलिकप्टरसँग ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिएका छन् । विमान ठोक्किएलगत्तै आगो लागेको प्रत्यक्षदर्शी जीतबहादुर कार्कीले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर