newskoseli.Com

सत्ताधारी नेकपा : वैशाख ९ मै एकता टुंग्याउने सैद्धान्तिक सहमति

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार शीर्ष नेताबीच ११ महिनादेखि अल्झिएको एकता प्रक्रियाका बाँकी काम ९ वैशाखमा टुंग्याउने सैद्धान्तिक समहति भएको छ ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच सैद्धान्तिक समहति भएको हो । ‘उहाँहरुले शुक्रबार र शनिबार केही गृहकार्य गर्नुभएको छ, औपचारिक छलफल गर्न बाँकी छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने– ‘छिटोभन्दा छिटो घोषण गर्न पाए हुन्थ्यो भन्नेमा हामी छौं ।’

शीर्ष नेताबीचको छलफलले सकारात्मक निष्कर्ष निकालेको अवस्थामा तत्कालै केन्द्रीय सचिवालय बैठक बस्ने सम्भावना रहेको प्रवक्ता श्रेष्ठले बताएको खबर शुरोजंग पाण्डेको बाइलाइनमा आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर