newskoseli.Com

विप्लवको पछिल्लो चेतावनी : ‘सशक्त प्रतिरोध गरिन्छ, सरकार नै जिम्मेवार हुनेछ’ (विज्ञप्तिसहित)

सरकारले ‘प्रतिबन्ध’ लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अब आफूहरु ‘सशक्त प्रतिरोध’ मा उत्रने चेतावनी दिएका छन् ।

सो पार्टीका तर्फबाट शनिबार पछिल्लो प्रेस विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले आफ्नो पार्टीप्रति सरकारले गरेको व्यवहार र नेता–कार्यकर्ताहरुमाथि गरिरहेको धरपकडको सशक्त प्रतिरोध गर्ने चेतावनी उनले दिएका हुन् । सरकाले आफ्ना नेता–कार्यकर्तालाई पक्राउ गरेर चरम यातना दिएको भन्दै पक्राउ परेका नेता–कार्यकर्तालाई तुरुन्त रिहाई गर्न उनले माग गरेका छन् ।

यसअघि स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’ लगायत थुप्रै नेता–कार्यकर्ता पक्राउ परिसकेको विप्लव नेतृत्वको नेकपाका फेरि दुई केन्द्रीय सदस्यसहित ४ नेता शुक्रबार पक्राउ परेका छन् । वैशाख ६ मा फेरि सो पार्टीका केन्द्रीय सदस्यद्वय चूडामणि ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’ तथा रोल्पा जिल्ला सेक्रेटरी चित्रबहादुर बुढा र सहिद परिवारका सदस्य लालबहादुर ओली ‘विश्व’ लाई दाङको तुलसीपुर र रोल्पाबाट प्रहरीले पक्राउ गरेको छ ।

महासचिव विप्लवले विज्ञप्तिमार्फत चेतावनी दिएका छन्– ‘पार्टीमाथिको दमन, प्रतिबन्ध र गिरफ्तारी रोकिएन भने हामी सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं, अहिले पनि भन्दैछौं, हामीलाई बाध्य नपारियोस् । जनतालाई साथमा लिएर गरिने यस्ता प्रतिरोधबाट निस्कने प्रतिरोधको जिम्मेवार यो सरकार नै हुनेछ ।’

यस्तो छ विप्लवको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर