newskoseli.Com

चीनतर्फ उडिन् राष्ट्रपति भण्डारी : को–को गए, के–कस्ता छन् भ्रमणभरका कार्यक्रम ?

राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा वैशाख ११ देखि १९ सम्मको चीन भ्रमणका निम्ति चीन प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री र गृहमन्त्रीले बिदाइ गरे । सो अवसरमा मन्त्रीगण, सांसद, नेपाल सरकारका विशिष्ट कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित भए ।

भ्रमणका अवसरमा नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनमा सहभागी हुनेछिन् । राष्ट्रपति भण्डारीले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका अवसरमा नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । राष्ट्रपति भण्डारीले वरिष्ठ चिनियाँ अधिकारीहरुसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेइजिङ प्रस्थान गर्ने क्रममा राष्ट्रपतिले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्नेछिन् भने स्वदेश फर्कंदा चीनको स्वशासित क्षेत्रको राजधानी ल्हासाको भ्रमण गर्नेछिन् । उनले ती दुवै प्रान्तका राजनीतिक नेताहरूसँग समेत भेटवार्ता गर्नेछिन् ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसदका सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीहरू चीन भ्रमणमा सहभागी छन् । राष्ट्रपति भण्डारी वैशाख १९ मा स्वदेश फर्कने कार्यक्रम छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर