newskoseli.Com

आफ्नै पार्टीका मन्त्रीविरुद्ध पूर्वमन्त्रीको कटाक्ष ! (स्ट्याटससहित)

पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलले आफ्नै पार्टीका बहालवाला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल (फेसबुक) मार्फत् कटाक्ष गरेका छन् ।

वैशाख ११ र १२ मा भक्तपुरको बोडेमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय सम्मेलन उपलब्धिहीन भएको आरोप अधिकांशले लगाइरहेका बेला पूर्वमन्त्री पौडेलको पनि यस्तो ‘स्ट्याटस’ आएको हो ।

बहालवाला मन्त्रीको क्रियाकलापप्रति आक्रोश पोख्दै उनले लेखेका छन्– ‘सार्वजनिक विद्यालयको रुपान्तरण, सबलीकरण, सशक्तीकरण र सुदृढीकरण नीति, विधि, योजना र कार्यक्रमबाट हुने हो कि सम्मेलन र भेलाले हुने हो ?’

एउटै पार्टीभित्र र त्यो पनि पूर्वघटक र पृष्ठभूमि समेतका हिसाबले ज्यादै निकटस्थ मानिएका एकै मन्त्रालयका बहालवाला मन्त्रीलाई पूर्वमन्त्रीले गरेको कटाक्षसम्बन्धी यो खबर ईश्वरराज ढकालको बाइलाइनमा शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

यस्तो छ पूर्वमन्त्री पौडेलको ‘स्ट्याटस’–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर