newskoseli.Com

नेपाल–चीनका राष्ट्रपतिबीच ‘ऐतिहासिक’ सम्झौता

नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ‘ऐतिहासिक’ प्रोटोकललगायत सात वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ यातायात मन्त्री ली सियाओफङले ती सम्झौताहरूमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेपालको समुद्रसँगको सम्पर्क एकतर्फी रूपले भारतमा मात्र रहँदै आएकोमा यातायात तथा पारवाहन प्रोटोकलमा हस्ताक्षरसँगै औपचारिक रूपमा चीनतर्फबाट पनि समुद्रसम्म नेपालको पहुँच कायम भएको छ । सम्झौताअघि बेइजिङमा दुई राष्ट्रपतिबीच औपचारिक भेटवार्ता भएको खबर मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर