newskoseli.Com

वैद्य, विप्लवसहित ५ माओवादी घटक एकताबद्ध : वैशाख २७ मा संयुक्त विरोधसभा

मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’, गोपाल खम्बू किराँती र ऋषिराम कट्टेल नेतृत्वका माओवादी घटकहरु तथा सीपी गजुरेल ‘गौरव’ नेतृत्वको मोर्चा गरी पाँच घटकहरु समसामयिक राजनीतिक मुद्धाहरुमा एकताबद्ध भई संयुक्त संघर्षमा उत्रने निर्णय गरेका छन् ।

यी घटकले वैशाख २७ मा राजधानीमा संयुक्त विरोधसभा गर्ने समेत निर्णय लिएका छन् । वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, किराँती नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालले बुधबार संयुक्त विज्ञप्ति जारी गरी विभिन्न ६ बुँदे माग अघि सार्दै वैशाख २७ मा शान्तिवाटीका डबलीमा विरोधसभा गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।

चार पार्टी र मोर्चाको मंगलबार बसेको संयुक्त बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि राजनीतिक पूर्वाग्रहका आधारमा सरकारले ‘प्रतिबन्ध’ लगाएको भन्दै उक्त ‘प्रतिबन्ध’ खारेज गर्न माग गरेको छ । गृह मन्त्रालयको सर्कुलरका आधारमा अंगीकृतका सन्तान र विदेशी समेतलाई धमाधम वितरण गर्न थालिएको वंशजको नागरिकता रद्ध गर्न तथा संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन समेत बैठकले माग गरेको छ ।

भारतले तयार पारेको नक्कली नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा गाभेर नेपालको ३ सय ७२ वर्ग किलोमिटर जमिन गायब पारिएको भन्दै उक्त नक्सामाथि प्रतिबन्ध लगाएर नेपाल सरकार आफैंले आफ्नो भूभाग सुरक्षित भएको नक्सा तयार पार्न पनि बैठकले माग गरेको छ । वाइडबडी विमान प्रकरणमा संलग्न भ्रष्टाचारीहरु तथा हालै प्रधानमन्त्री निवाससहित बालुवाटारको जग्गा व्यक्तिका नाममा लैजाने भ्रष्टाचार काण्डमा संलग्न सबैलाई कारबाही गर्न र एनसेलले तिर्न बाँकी अर्बौं रुपैयाँ कर तत्काल उठाउन पनि समेत माओवादी घटकहरुको बैठकले गरेको छ भने माग गरेको छ ।

३८ क्विन्टल र साढे ३३ किलो सुन तस्करीमा संलग्नहरू तथा कञ्चनपुरको भीमदत्त नगरपालिकाकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई सार्वजनिक गरी कारबाहि गर्न समेत माग माओवादी घटकहरूको संयुक्त बैठकले माग गरेको छ । संयुक्त विज्ञप्तिमा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि सुलभ, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता कर्णजित बुढाथोकी र देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलद्ले हस्ताक्षर गरेका छन् ।

यस्तो छ पाँच घटकको संयुक्त विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर