newskoseli.Com

काँग्रेसको विरोधका कारण संसद् बैठक बस्न सकेन

व्यवस्थापिका–संसद्को तेस्रोपटक बसेको बैठक पनी अवरुद्ध भएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद महेश आचार्यले सार्वभौम संसद्को विशेषाधिकारमा आघात पुग्ने गरी बजेटका सूचना चुहाइएकाले गम्भीर प्रकृतिको यो घटनाको छानबिन गर्न सरकार अग्रसर हुनुपर्ने माग गरेका थिए ।

सत्तापक्षसँग मिलेर काम गर्न नेपाली काँग्रेस तयार रहेको तर संसद्को गरिमामा आँच आउने यस्ता गतिविधि पुनः हुन नदिन वार्ताको माध्यमबाटै समस्याको निकास खोज्नुपर्ने बताए ।

बजेटका महत्वपूर्ण सूचना चुहुनुका कारणबारे चित्तबुझ्दो जवाफ नआएसम्म संसद्को प्रक्रिया अघि बढाउन नहुने तर्क गर्दै उनले बोलेपछि नेपाली काँग्रेसका सबै सांसद आ–आफ्ना आसनबाट उभिए ।

उनीहरुलाई आसनमा बस्न सभामुखले बारम्बार आग्रह गर्दा पनि त्यसको सुनुवाइ नभएपछि सभामुखले ३ बजेसम्मका लागि संसद् स्थगन गरेको घोषणा गरिन ।

आजको बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०७३÷७४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनसमक्ष प्रस्ताव प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने कार्यसूची संसद् सचिवालयले निर्धारण गरेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर