newskoseli.Com

सेनाका एसएलसी प्रमाणपत्रको छानबिन तीव्र : परीक्षा नियन्त्रण कार्यालयमा मार्कसिटको चाङ

नेपाली सेनाले सैन्य कर्मचारीहरूको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ । अहिले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा जवान र अधिकृतको एसएलसी–एसईई प्रमाणपत्र छानबिन भइरहेको छ ।

यसपछि सैन्य कर्मचारीको एसईईभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने जंगी अड्डाको तयारी छ । छानबिनका लागि जंगी अड्डाबाट प्रमाणपत्र आइरहेको पनिकाले जनाएको छ । पनिकाले एसईई (यसअघि एसएलसी) को प्रमाणपत्र मात्र प्रमाणीकरण गर्छ ।

जंगी अड्डाबाट प्रमाणपत्र प्रमाणीकरणका लागि अनुरोध पठाइएको यो नै पहिलो पटक हो । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार विशेष छानबिनका लागि भन्दै सेनाले अनुरोधपत्र सहित प्रमाणपत्र पठाइरहेको छ । पछिल्लो समय एकै पटकमा सयौं थान प्रमाणपत्र पनिकामा आइरहेका छन् ।

सेनाको पत्रमा जंगी अड्डाको लोगो र छाप पनि हुन्छ । तर फरक–फरक गुल्म, गण र टुकडीमा कार्यरत सैनिकका प्रमाणपत्र छुट्टाछुट्टै आउँछन् । अधिकारीका अनुसार कतिपय भने व्यक्तिगत रूपमै आउने गरेका छन् । उनले भने– ‘कहिले जवान आफैं आउँछन्, कहिले एकै जनाले पनि दर्जनौं प्रमाणपत्र ल्याउने गरेका छन् ।’

सेनाभित्र शैक्षिक प्रमाणपत्र छानविनको यो खबर सूर्यप्रसाद पाण्डेको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर