newskoseli.Com

बाबुराम–उपेन्द्रको पार्टीमा क–कसले पाए के–के पद ? (नामावलीसहित)

झन्डै दुई वर्ष लामो प्रयासपछि सोमबार सम्पन्न भएको संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकतापछि नवगठित ‘समाजवादी पार्टी नेपाल’ मा दुई जना अध्यक्ष रहेका छन् ।

सोमबार राजधानीमा आयोजित एकता घोषणा सभामा घोषित नामावली अनुसार डा. बाबुराम भट्टराई संघीय परिषदको अध्यक्ष बनेका छन् भने उपेन्द्र यादव कार्यसमितिको अध्यक्ष रहेका छन् ।

राजेन्द्रप्रसाद श्रेष्ठ सहअध्यक्ष रहेको सो पार्टीमा अशोक राई वरिष्ठ नेता बनेका छन् । ८ जना उपाध्यक्षहरुमा नवराज सुवेदी, पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, हिसिला यमी, लालबाबु राउत र हेमराज राई रहेका छन् । गंगानारायण श्रेष्ठ, रनध्वज कन्दङ्वा र रामसहाय यादव महासचिव बनेका छन् भने डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी उपमहासचिव बनेका छन् ।

त्यसैगरी, मो. इस्तियाक राई, दुर्गाकुमारी सोव, पर्शुराम बस्नेत र प्रशान्त सिंह सचिव बनेका छन् भने विजय यादव कोषध्यक्ष बनेका छन् ।

थप यो पनि पढ्नुहोस्–
फोरम–नयाँ शक्ति एकता : बाबुरामले गुमाए कार्यकारी नेतृत्व, खुम्चिए ‘एकेडेमिक लिडरसिप’ मा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर