newskoseli.Com

‘पियन’ र कर्मचारीले जाँच्दै एसईईको उत्तरपुस्तिका !

एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारीको अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी (पियन) र अन्य कर्मचारीको समेत सहयोग लिन थालेको छ ।

परीक्षा सकिएको करिव एक महिना पुगिसक्दा पनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयको आग्रहमा स्थानीय निकायको सहयोगबाट बल्ल उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । कर्मचारीको अभाव भएपछि एसइई परीक्षा नियन्त्रण कार्यालयले सप्तरीमा कार्यालय सहयोगी (पियन) कुमार अधिकारी र नायब सुब्बा (नासु) विदुर लामिछानेलाई काजमा पठाएर उत्तरपुस्तिका परीक्षण गर्न प्रक्रिया अघि बढाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मात्र भएका अधिकांश जिल्लामा कर्मचारी नभएपछि उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको खबर ईश्वरराज ढकालको बाइलाइनमा बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर