newskoseli.Com

भिडियो : बाबुराम–उपेन्द्रप्रति पूर्वसभामुख कांग्रेस नेता दमननाथको यस्तो आशक्ति !

०४६ को जनआन्दोलनपछि नेपालमा दोस्रो पटक स्थापित राजतन्त्रात्मक संसदीय व्यवस्था अन्तर्गत प्रतिनिधिसभाको पहिलो सभामुख थिए– ‘स्वतन्त्र कांग्रेस’ नेता दमननाथ ढुंगाना ।

नेपाली कांग्रेसको संगठनात्मक संरचनामा कहीं–कतै क्रियाशील नबनेका ढुंगाना तुलनात्मक रुपले सन्तुलित, मर्यादित र बौद्धिक छविका पुराना कांग्रेस नेता हुन् । पछिल्लो आम निर्वाचनमा भक्तपुर– २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका ढुंगाना एमाले उम्मेदवार महेश बस्नेतसँग पराजित भएका थिए ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई समाजवादी पार्टी नेपालको घोषणा गर्न २३ वैशाख, ०७६ मा राजधानीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा पूर्वसभामुख ढुंगानाले विशिष्ट अतिथिका रुपमा सम्बोधन गरे । ढुंगानाले सम्बोधनका क्रममा नेपालमा राजनीतिक विचारको पनि अभाव नरहेको, पार्टी र नेताहरुको पनि अभाव नरहेको, संगठनात्मक शक्तिको पनि अभाव नरहेको, राजनीतिक प्रणाली पनि निकै अगाडि बढेर ‘छलाङ’ मारिसकेको तर नेतृत्वको भने खडेरी रहेको उल्लेख गरे ।

नेतामा राष्ट्र र जनताप्रतिको इमान, क्षमता र दूरदृष्टि, भिजन र सक्रियताको अभाव रहेकोमा बाबुराम–उपेन्द्रको एकताले त्यसको पूर्ति गरिदिएको दावी उनले गरे । डा. बाबुराम भट्टराईलाई ‘भिजनरी नेता’ को प्रतिमूर्ति बताउँदै नेता ढुंगानाले उपेन्द्र यादवलाई ‘संघीयताको हिरो’ बताए ।

उनी यतिमा मात्रै सीमित रहेनन्, अबको ३–४ वर्षपछि हुने आम निर्वाचनमा बाबुराम–उपेन्द्रको पार्टी नै मुलुकको पहिलो पार्टी बनेर राष्ट्रको नेतृत्व गर्ने विश्वास उनले प्रकट गरे । यो एकताले आफू अत्यन्तै उत्साहित भएको उल्लेख गर्दै यसबाट नेपालमा साँच्चिकै जनताका दिन आएको महशुस आफूले गरेको ढुंगानाले बताए ।

(भिडियोमा हेर्नोस् सम्बोधनको पूरा विवरण)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर