newskoseli.Com

विप्लवको प्रष्टोक्ति : ‘न तर्सन्छौं न त आशावादी छौं’, शीर्ष नेताको हत्या गर्ने योजना हल्ला मात्रै

सरकारले ‘प्रतिबन्ध’ लगाएको भनिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वार्ताप्रति खासै आशावादी नरहेको सन्देश दिएका छन् । आफूहरुले उठाएका विषयको समाधान वार्ताले गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने उनले बताएका छन् ।

भूमिगत रहेका महासचिव विप्लवले पार्टी ‘प्रतिबन्ध’ पछि पहिलो पटक दिएको अन्तर्वार्तामा वार्ताका लागि सरकारले औपचारिक आग्रह समेत नगरेको दाबी गरेका छन् । ‘वार्ताबाट न हामी तर्सिन्छौं न त क्रान्तिले उठाएका विषयलाई वार्ताले समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौं’– उनले भनेका छन् ।

एनसेलमाथिको ‘कारबाही’ पछि सरकारले आफ्नो पार्टीमाथि ‘प्रतिबन्ध’ लगाएको उनको भनाइ छ । उनको पार्टीले पूर्वप्रधानमन्त्री एवं सत्ताधारी पार्टीका केन्द्रीय अध्यक्षसहितका शीर्ष नेताहरुको हत्या गर्ने योजना बनाएको भनी सरकार गराएको प्रचारबाजीको पनि महासचिव विप्लवले खण्डन गरेका छन् । शीर्ष नेताको हत्या गर्ने योजना आफूहरुले बनाएको भन्ने प्रचारबाजी हल्ला मात्रै भएको उनले दावी गरेको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर