newskoseli.Com

चीन उडे शिक्षामन्त्री पोखरेल : ‘आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन’ मा सहभागी हुने

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) तथा चिनिया शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल चीन प्रस्थान गरेका छन् ।

मन्त्री पोखरेल बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङतर्फ उडेका हुन् । ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ लाई कम्प्युटर विज्ञानमा यन्त्रले प्रदर्शन गर्ने बौद्धिक कार्य मानिन्छ । मे १६ देखि १८ सम्म हुने सम्मेलनमा युनेस्कोका १ सय ६० सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय संगठन र ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ उद्योगका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ का सिपबारे अनुभवको आदान–प्रदान हुनुका साथै यसलाई दिगो विकासको लक्ष्यअनुकूल शिक्षा र सिकाइमा उपयोग गर्नेबारे छलफल हुनेछ । दिगो विकास लक्ष्यमा समतामूलक, समावेशी, गुणस्तरीय शिक्षा र जीवनपर्यन्त सिकाइको प्रवर्द्धनमा प्राथमिकता दिइएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर